तेस्रो संबिधानसभाको चुनाव टाढा छैन

"ओरालो लागेको मिर्गलाई बाछाले पनि लखेट्छ"  ए माओवादीलाई उस्को हारमा नेपालका बुद्दिजिबी भनिनेहरुले समेत गैर बुद्दिमतापुर्बक गरेको गाली र जोकले के संकेत गर्छ भन्ने चै महत्वपूर्ण  प्रश्न हो । हामीले बिर्सनै नहुने कुरा माओवादी एउटा शक्ती थियो र आज पनि एउटा शक्तिकै रुपमा छ ।

तर नेपालमा एउटा बर्ग छ, जस्ले जो शक्तिमा छ उस्को नजिक हुन  र निहित स्वार्थ पुर गर्न उध्धत  हुन्छ । फेरी महत्वपूर्ण कुरा चै उनिहरुको हातमा मिडिया छ ।फेरी यो बर्ग यती धेरै आत्मगौरब गर्छकी, ऊ भन्दा जान्ने सुन्ने कोही छैन जस्तो । हुँदा हुँदा अरु प्रती गर्ने आदर  के हो भन्ने समेत बिर्सन्छ।  अवश्य, ए माओवादीले देखाएको अहिलेको व्यबहार अपरिपक्वता को अचुक नमुना हो, जो पहिला पनि देखाएका नै हुन । तर यस्को मतलब यो पनि होइन कि उस्लाई हरेक कोणबाट आक्रोशित बनाउने। साच्चीकै नेपाली बुझ्रुकहरुले अहिले काङ्ग्रेस र एमाले लाई झक्झक्याउन जरुरी छ, दुबै माओवादी, मधेशी दल, रा.प्र.पा अनी अन्य दललाई मिलाएर सँगै लानु पर्छ, अन्यथा नेपाली ले तेस्रो संबिधानसभाको चुनाव भोट हाल्न धेरै बर्ष कुर्नु पर्ने छैन ।

अर्को बिर्सनै नहुने कुरा सरकार, जस्को लागि निर्बाँचनको पूर्ण नतिजा नआउँदै झगडा शुरु भैसक्यो । अब फेरी उही फोहोरी खेल शुरु हुनेछ, एक पार्टिले अर्कोलाई निशेध गर्ने प्रकृयाको थालनी  हुनेछ,  फेरी संबिधान ओझेल्मा पर्ने छ, माओवादी र अन्य मधेशी दल अर्को निर्वाचन को लागि दवाब दिन थालनेछन अनी नेपाली जनता अर्को निर्वाचनको लागि भोट हाल्न तयार हुनु पर्ने छ र यो क्रम अहिलेका नेताहरु रहुन्झेल सम्म चलिरहनेछ..... चलि नै रहनेछ निरन्तर.....  अनी हामी नेपाली जनता कम्प्युटर को भित्तो गाली शब्दहरुले रङ्याइरहने छौ........

त्यसैले,  भोट दिनु मात्र हाम्रो काम होइन, हामी सबैले  रचनात्मक भूमिकाको, ब्याबसायिकताको, र जिम्वेवारीको समेत हेक्का राख्नु जरुरी छ ।



No comments:

Post a Comment