- नेपालमा काम नै छैन, अब एम. आर. पी. बनाईन्छ ।
– अन्र्तवार्ताका लागी हिड्दा हिड्दै तीन जोर त जुत्ता फाटी सके ।
– पछि कल गरौला है भन्छन्, कलको प्रतिक्षामै जीवन वित्ला जस्तो भो ।
– कम्पनी त ठिकै हो, तर तलब नै थोरै ।
यस्तै–यस्तै खालका वाक्यांशहरु जागीरको खोजीमा भौतारिदा–भौतारिदै वाक्क भएका लाखौ शिक्षित वेरोजगार यूवाहरुको वोली हुन् । तर महत्वपूर्ण सवाल चाँही समस्या वेरोजगारी कि वेरोजगारहरुको भन्ने हो । वास्तवमा जटिलता वेरोजगारीमा होइन, वेरोजगारहरुमा छ ।
के नेपालमा रोजगारीका सम्भावना र अवसर नभएका हुन त होइन, यदि त्यसो हुदो हो त पत्रिकामा र अनलाइन जव साइटहरुमा हजारौ विज्ञापनहरु आउने नै थिएनन् । वरु प्रश्न उठ्छ किन एउटै विज्ञापन दोहो¥याई तेहे¥याई पत्रिकामा छापिन्छन्, साथै अनलाइनमा लामो समय सम्म राखिन्छ ? त्यसैगरी वहुसंख्यक ब्यावसायीहरु किन हामीसँग रोजगारीका लागी अवसरहरु धेरै छन, बरु दक्ष जनशक्ति वजारमा छैनन् भनेर वारम्वार आरोप लगाईरहन्छन ? यो वास्तविकतालाई हेर्ने हो भने समस्या त रोजगारीको अवसरमा होइन, सक्षम मानव साधनको उत्पादन गर्न नसक्ने शैक्षिक संस्था, शैक्षिक प्रणाली, र शैक्षिक निकायहरुको छ भन्ने स्पष्ट हुन्छ ।
एकातिर सैद्धान्तिक शैक्षिक प्रणालीलाई दोष थुपारेर हामी पन्छिन खोजिरहेका छौ भने अर्कोतिर ब्यवहारिक शैक्षिक पाठ्यक््रmम त हामीले भित्रयाएका छौ तर के साँच्चिकै यथार्थपरक ब्यवहारिकतामा गएका छौ त ? छैनौ, हामीले अझै पनि शैक्षिक परिवर्तनलाई आत्मसाथ गर्न सकिरहेका छैनौ । त्यसैले परिक्षामुखी हामी सुगा रटाईमा किताव (प्रायः गेस पेपर) का ठेलीलाई परिक्षाका दिनसम्म दिमागमा अटेसमटेस पार्दै ठेलठाल त पार्छौ तर परिक्षा सकिएको दिनसँगै विस्तारै मेट्दै पनि लान्छौ । हो, हामीलाई किताव घोकेरै भए पनि वढी अंक हासिल गर्नु पर्छ भन्ने त सिकाइन्छ तर पढेका कुरा कसरी ब्यवहारमा प्रयोग हुन्छ ? भनेर न त कसैले सिकाउँछ, न त हामी आपैm प्रयत्न नै गर्छौ । कोरा कितावी ज्ञानले रोजगारीको लागी लिखित परिक्षामा वढी अंक ल्याएर अब्वल दरिन त सकिएला, तर अन्र्तवार्तामा शुन्य हात पर्ने सम्भावनालाई नकार्न सकिन्न । त्यसैले, हामीसँग सम्वन्धित क्षेत्रको राम्रो ज्ञान हुदाँ हुदै पनि काम गर्न लायकको शक्ति बन्न सकिरहेका छैनौ ।
अर्को महत्वपूर्ण पक्ष भनेको काम प्रतिको सम्मान हो । कम्पनिहरुले हेर्ने एउटा अति आवश्यक खुराक भनेको ब्याक्तीको काम प्रतिको दृष्टिकोण पनि हो । हामी अधिकांशले कामलाई सानो र ठूलो भनेर छुट्याउने गर्छौ । ‘ह्या त्यस्तो सानो काम पनि गर्ने हो ?’ भनेर वढी नै महत्वकांक्षी हुदै ठूलो पदको जागीरकोे खोजीमा हिड्छौ । यस्तो सोचको विकास गर्न धेरै शैक्षिक संस्थाहरुले गर्ने विज्ञापन र काउन्सिलिङ्गले पनि ठूलै भूमिका खेल्दै आएको पाइन्छ । जस्तैः वि. वि. ए. पढ्यो भने म्यानेजर बन्न पाईन्छ, इन्जिनियर पढ्ने वित्तिकै रोजगार पक्का, नर्सिङ्ग पढ्यो भने अस्पतालमा जागिर मिलि हाल्छ आदि इत्यादी । यस्ता अवास्तविक कुराहरुले कलेज पढ्दै गर्दा जन्माएको अति नै महत्वकांक्षी सोचाईले पछि वास्तविक धरातलमा कामलाई सानो र ठूलो भनी विभाजन गर्ने मात्र होइन, सानो काम गर्दा लाज लाग्ने खालको मानसिकताको जन्म भएको पाईन्छ ।
नेपालको सरकारी सेवामा थोरै पदका लागी वढी नै प्रतिस्पर्धा हुनु र कतिपय क्षेत्रमा नातावाद र कृपावाद पनि हावी हुने भएकाले अधिकांश वेरोजगारहरुको ध्यान प्राइभेट संस्थाहरुमा जानु स्वभाविक पनि हो । ब्यावसायीहरु पैसा तिरेर श्रम किन्छन, र खर्च गरिएको साधनवाट वढी नै लाभ प्राप्त गर्न चाहेका हुन्छन् । ब्यावसायिक संस्थाहरु व्यावसायको जोखिम कम गर्न चाहन्छन् जसका कारण उच्च पदमा अनुभवी र कामप्रतिको लगाव भएको ब्याक्तीलाई अलिक वढी नै तिरेर भए पनि राख्न चाहन्छन् । त्यसैले ठूला पदमा कार्यानुभव नभएकाहरुको मौका पाउने सम्भावना कम हुन्छ भने साना पदहरुमा तलव कम हुन्छ । मेरो शैक्षिक योग्यता धेरै छ, त्यसैले मैले ठूलै पद पाउनु पर्छ भन्ने सोच राख्नेहरुले आफ्नो काम गर्ने क्षमता चाँही कति छ ? भनेर सोच्न जरुरी हुन्छ ।
वर्तमान समयमा ब्यावसायीहरुको प्रमूख टाउको दुखाई भनेको दर्जनौ पदहरु रित्त हुँदा र विज्ञापनमा हज्जारौ खर्च गर्दा पनि उपयूक्त ब्याक्ती सम्बन्धित पदमा पाउन नसक्नु हो । यदि पाईहाले पनि उत्त ब्याक्तीलाई लामो समयसम्म आफ्नो संस्थामा राखिरहन पनि त्यत्तिकै चुनौतिपूर्ण हुन्छ । किनकि योग्य र सक्षम ब्याक्तीको लागी वढि मूल्य तिर्न खोज्ने संस्था धेरै हुने र उस्ले संस्था परिवर्तन गर्ने प्रवलता वढी हुन्छ ।
त्यसैले एकातिर लाखौ वेरोजगारहरु ‘जव मार्केट’ मा भौतारिरहेका छन भने अर्कातिर ब्यावसायीहरु उपयूक्त ब्याक्तीको खोजीमा खर्च वढाउन बाध्य छन । परिणाम ब्यावसायको लागत वढ्नु र वेरोजगार दर नघट्नु ।
“काम नगरी अनुभव नहुने र अनुभव नभई जागीर नपाईने” यस्तो दुविधायूक्त समस्यावाट सुल्झिन धेरैले खोजीरहेका हुन्छन् । त्यसैले, आफूलाई सक्षम सावित गर्न पनि केहि न केहि गर्न जरुरी हुन्छ । के हुन सक्छन ती उपायहरु ः
१) पढ्दा पढ्दै पनि हामी पढाईसँग सम्बन्धित कामहरु गर्न सक्छौ, त्यो स्वयम सेवाका रुपमा वा इन्टनसिपको रुपमा गर्न सकिन्छ । जस्ले अनुभव त हुन्छ नै, नेटवर्क (संजाल) वढ्ने र आत्मविश्वासमा वृद्धि हुन्छ ।
२) काम प्रतिको सम्मान वा दृष्टिकोण सकरात्मक हुनु जरुरी हुन्छ ।
३) एन. जी. ओ., आई. एन. जी. ओ. तथा अन्य सामाजिक संस्थाहरुले दिने कार्यक्रमहरुमा भाग लिदा राम्रो हुन्छ, जस्ले नयाँ कुरा सिक्ने अवसर त दिन्छ नै, उनीहरुले दिने प्रमाणपत्रले आफ्नो वायोडाटालाई थप ओजनदार वनाउदछ ।
४) आपूmलाई इच्छा लागेको विषयको तालिम लिन तथा सीप विकासका कार्यक्रमहरुमा भाग लिन छुटाउनु हुदैन ।
५) पढाई सँगसँगै पढेका कुराहरुलाई ब्यवहारमा प्रयोग गर्न कोशिस गर्ने । जस्तै ः वि. वि. ए. ÷ एम. वि. ए. पढ्दै गर्दा इभेन्ट म्यानेज गर्न सकिन्छ, समाजशास्त्र पढ्नेहरुले सामाजिक संस्थामा सहभागी हुन सकिन्छ आदी ।
हुनत अहिलेका अधिकांश पाढ्यक्रमहरुले “हामी रोजगारदाता हौ न कि रोजगार खोज्ने” भन्ने नारा विद्यार्थीहरुलाई जपाएको पाईन्छ । अव यो सीमित नारा मात्र होइन ब्यवहारिकतामा लागू भएको खण्डमा रोजगार खोज्ने होइन रोजगार दिनेको संख्या वढ्ने र साँच्चिकै नयाँ नेपालको कल्पना साकार हुने थियो । होइन भने पनि वेरोजगार मात्र उत्पादन गर्ने शैक्षिक प्रणालीलाई कमसेकम समयसापेक्ष रोजगारीको लायकहरु उत्पादन गर्न सक्ने वनाउनु जरुरी हुन्छ नै हामी आफैले पनि आफ्नो क्षमतालाई निखार्ने कुरामा पछि पर्नु हुदैन ।
No comments:
Post a Comment