म सडक


हिजो,
म माथि धेरै, डोजर चलाए,
खैती र गैतीहरु पनि
ढल बनाउने नाममा,
पानीको नाला गाड्ने बहानामा
म चिथोरीइ रहे,
अनेकका, अनेकौ चाहनामा ।

आज,
एक डाक्टरले, फेरी मलाई नङ्याए,
खुम्चिएकी म,
फेरी मलाई तन्काए

हाँसो लाग्छ मलाई
हा............ हा.......... हा

भोली,
अर्को डाक्डर आउने छ......,
मेलम्ची आउने नाउँमा,
बिजुली र टेलिफोनका तेन्द्राहरु लुकाउन
 उस्ले पुन उस्को तुजुक देखाउने छ,
उस्को चाहना पुरा गर्न,
फेरी म नाँगिनु पर्ने छ
यो नङ्याइ र रङ्याइ को शिल्सिला
चलिरहने छ निरन्तर.............

No comments:

Post a Comment