एकै नजर उस्ले , हेरेर गई
मुसुक्क मुस्कान , छोडेर गई
धन्यबाद ।।
मुसुक्क मुस्कान , छोडेर गई
उस्को प्यासी नजरले, उफ !
खुसुक्क मेरो मन, चोरेर गई ।।
सिङ्गै छातीमा, कोरेर गई
हेर्दा हेर्दै नानीले, ओ हो !
छुपुक्क प्रेमको बिज, रोपेर गई।।
के गर्नु र ?
पछि-पछि पछ्याउदै त थिएनी !
लुसुक्क घुम्ती, मोडेर गई
उसैले ड्याम्म....., फोडेर गई ।।
नाता त अर्कै सँग पो रैछ, मोरीको
उस्कै अँगालोमा, बेरिएर गई
उस्कै अँगालोमा, बेरिएर गई
तर यहाँ ,
मिठो याद भने, छोडेर गई ।।
धन्यबाद ।।



No comments:
Post a Comment