सरकार ! मेरी आमा मर्न कहिले पाउँछिन ?

http://setopati.com/pathak-bichar/19003/


हप्तामा मात्र दुई दिन
साँझमा अाइपुग्छ बिजुली,
सरकार! हुकुम होस् ,
स्वीज अन गरुँकी नगरुँ?
 
दिनभर खाध्यसंस्थानमा लाइन बसेर ,
पाएको जम्मा दुई किलो चामल मध्ये 
एकभाँडो पानीमा एक मुठी चामल राखेर 
जाउलो त बनाए। 
सानी छोरी भोकले आकुल छे,
सरकार! मर्जी होस 
उस्लाई सेतो भात ख्वाउँ की नख्वाउँ?
 
सातादिनमा धारामा आएको धमिलो पानी,
दुई रुप्ये घटेको मट्टितेलको स्टोभमा 
भुलुक्क त उमाले्।
बुढी आमा प्यासले ब्याकुल छिन् 
सरकार ! प्याक प्याक भएको उन्को मुखमा 
दुइथोपा पानी पारुँ की नपारुँ?
 
हाम्रा त जुन र तारा छन नि 
जो उध्रिएको छानोबाट 
रातभर चियाउछन झुपडी भित्र । 
बिजुली त  
राष्ट्रपती र मन्त्रीको घरमा हुने 
झलमल्ल उज्यालो परबाट हेर्न पो त !
 
रिसानी माफ सरकार !
अबोध छे सानी छोरी 
अनी ब्यर्थै खोज्छे जाउलो,
सस्थानको सेतो चामल त 
बजारकी होटल साहुनिलाइ 
जांड पार्न पो त ! 
 
मेरी बुढी आमा आँ.. गरेर 
मेलम्ची कुरेको दशक त भै सक्यो । 
अझै जीवनको अन्तिम श्वास रोकेर,
हिटिक्क हिटिक्क गर्दै कुर्दैछिन । 
सरकार ! हुकुम होस् 
मेरी आमा मर्न कहिले पाउँछिन ?  

No comments:

Post a Comment